फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

केन्द्रबिन्दु
0
Shares

फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन्। १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारकोआरोपमा किशोर पक्राउ परेका हुन।

किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन्। आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै  गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए। जसका कारण आफुले नाडी काटनु परेको तथा आत्महत्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन।

टिकटकमार्फत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार अदालतबाट म्याद थप भएका किशोरमाथी अनुसन्धान कार्य अगाडि बढाईएको छ। दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन। 

Skip This
Skip This
Logo