दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश

दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा.पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ। महोत्तरी रामगोपालपुर नगरपालिका ५ का चौधरी पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।

न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो। स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।

 

Logo