हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू

हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। निगमले सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेको थियो।

सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ। यसअघि धनगढी रुटमा यात्रुले हवाई यात्राका लागि ७ हजार ५१० रूपैयाँ थियाे भने  अब ७ हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान -माउन्टेन फ्लाइट- को भाडा ३४५ रुपैयाँ घटेर अधिकतम भाडा ५ हजार ४९० कायम भएको छ । काठमाडौँ-भद्रपुर रुटमा ३००, विराटनगरमा २४०, जनकपुरका लागि १३०, पोखराका लागि १५५, भरतपुरका लागि ११०, भैरहवाको २०५, नेपालगञ्जका लागि १८५ र सुर्खेतका लागि ३४५ रुपैयाँ हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । 

Logo