रूखको फेदमा मिटरब्याजपीडितको बास

रूखको फेदमा मिटरब्याजपीडितको बास

केन्द्रबिन्दु
0
Shares

मिटरब्याजपीडित कोही खुला आकाशमा त कोही रूखको फेदमुनि रात काटिरहेका छन्। पानी पर्न थालेपछि उनीहरूलाई खुला आकाशमा रात कटाउन निकै सास्ती भएकाे  छ।

छिन्छिन्मा हुने बर्षातले उनीहरूलाई बास बस्न निकै कठीन भएकाे पीडितहरले बताएका छन् ।  उनीहरू शान्तिवाटिकामा बास बसिरहेका छन्।  रूखको फेदमुनि सुतेर रात काटिरहेका छन् त कोही भिजेरै मिटरब्याज साहुविरुद्ध अनिदो संघर्षमा छन्। सोमबार तराईका २० जिल्लाबाट न्यायका लागि उनीहरू काठमाडौँ आएका थिए। सरकारले आफूहरूसँग सम्झौता गरेर ठग्ने गरेको  मिटरब्याजपीडितहरूकाे गुनासाे रहेकाे  छ ।   

मिटरब्याजी साहुविरुद्ध सरकारले तुरुन्त कानुन बनाउनुपर्ने, अदालती प्रक्रियामा परेका मुद्दाहरूको फैसला तत्काल रोक्नुपर्ने, न्यायिक प्रक्रियामा पारेका तमसुक, दृष्टिबन्धक जस्ता विषयवस्तुहरूमा पुनरावलोकन गर्नुपर्नेलगायतका माग राख्दै पीडतहरू निर्णायक आन्दोलनमा उत्रिएका हुन्। उनीहरू आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन्। 

Logo