सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

केन्द्रबिन्दु
0
Shares

वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले  सम्मान गर्नुपर्नेमा जोड दिएको छ । 

तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उनका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ । 

 गुरुङले राष्ट्रका लागि पु-याएको योगदानलाई इतिहासमा लिपिबद्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको सरदार गुरुङका छैटौँ पुस्ताका लेख गुरुङले जानकारी दिए ।  “वंशु गुरुङका नाममा स्थापित प्रतिष्ठानलाई राज्यले बजेटको व्यवस्था गर्नुपर्नेमा जानकारी गरायौँ”, उनले भने, “हाम्रा मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
    
शुक्लागण्डकीको तनहुँमा जन्मेका गुरुङलाई प्रख्यात सिकारीका रूपमा लिइने गरिएको छ । उनले विसं १८२४ मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजलाई परास्त गरेको र युद्धमा कहिले पनि नहारेको गुरुङले जानकारी दिए। 

सांसद भण्डारीले गुरुङलाई अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सम्मान नगरिएकाले अब यस विषयमा ध्यान दिन आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको बताए। 

Skip This
Skip This
Logo