आज तीन प्रदेशमा वर्षाको सम्भावना

आज तीन प्रदेशमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाका अनुसार आइतबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम आंशिक बदली रहनेछ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

Skip This
Skip This
Logo