सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

नेपालको राजनीतिमा समेत चर्चित काण्डको रुपमा उल्लेख भएको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा अनियमितता भएको निष्कर्ष निकाल्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत नौ जनाविरुद्ध मुद्दा दायर भएको छ । 

आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे । 

पौडेलविरुद्ध करिब पौने ३ अर्ब बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । अन्य नौ जनाको छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँगै मेकानिकलतर्फका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यही सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रक्रियामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटासमेत तानिएका थिए । 

Logo