नवलपरासी ।
लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।
बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिए । पहिरोले केही चौपायासमेत पुरिएको उनले बताए ।
घटनास्थलमा उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअपलाई खहरे खोलाले बगाएको छ । मानवीय क्षति भने नभएको उनले बताए ।रासस































प्रतिक्रिया