उर्लियो वाग्मती, आसपासका बस्ती डुबानमा (भिडियाेसहित)

उर्लियो वाग्मती, आसपासका बस्ती डुबानमा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर लगातार परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको वाग्मती नदी उर्लिएको छ । आज बिहानैदेखि परेको भिषण वर्षातका कारण वाग्मती उर्लिएको हो ।

पछिल्लो समय लगातार परेको अविरल वर्षाका कारण वाग्मती नदीमा अहिले बाढी आएको छ । वर्षासँगै उपत्यकाका अन्य नदीहरुमा पनि पानीको बहाव बढी रहेको छ । वर्षाका कारण वाग्मती करीडोरका सानेपा, टेकु, बल्खु लगायतका स्थानहरुमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढेपछि नदी किनारका स्थानीयहरु त्रसित बनेका छन् । लगातारको वर्षाले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढीको असर देखिन थालेको छ ।

मुलुकभर परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुँदै गएको छ । काठमाडौंको वागमती, धोविखोला, टुकुचाखोला, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदी तथा खोलामा पनि पानीको बहाव बढेको छ । काठमाडौंको वागमती किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ ।

त्यस्तैगरी नेपालमा अझै ५ दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेका कारण अझै केही दिन वर्षा हुनेछ ।

उक्त रेखा हटेपछि वर्षात रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै आगामी बुधवारसम्म देशभर मनसुनी गतिविधि सक्रिय हुने भएकाले बाढी तथा पहिरोबाट जोगिन मौसम विद्हरुले आम सर्वसाधारणहरुमा अनुरोध गरेका छन् ।

पूरा भिडियाे:

Skip This
Skip This
Logo