दार्चुलाको हिमपहिरोमा बेपत्ता एक जनाको शव फेला परेको । बेपत्ता खोजीको क्रममा २५ वर्षीया छिमी सोमो थापाको शव भेटिएको प्रहरीले जनाएको छ। गत वैशाख १९ गते हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए।
व्याँस गाउँपालिका १ भोलीन हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन नेपाल तर्फ बाटो नहुँदा समस्या भएको थियो। दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भेटिएको थियो भने वेपत्ता रहेका २८ वर्षिय इश्वरी थापाको शव यसअघि नै फेला परेको थियो ।































प्रतिक्रिया