सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ।
कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेकाबेला बेल्डले लागेर भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।
मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिएर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
घाइते तिवारीलाई उद्धारमा ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरुले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन्।
उद्योगका कार्यरत मजदुरहरुको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्यु हुने गरेको उनीहरुको भनाई रहेको छ।





























प्रतिक्रिया