मोरङको बुढीगंगा गाउँपालिका -७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी हाइटेन्सन प्रसारण लाइनको टावरबाट अझै झर्न मानेका छैनन् ।
स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ्ग पर्खालको निमार्ण कार्य रोक्नुपर्ने माग राख्दै शनिबार विहान प्रसारण लाइनको टावरमा चढेका उनी अहिलेसम्म झरेका छैनन् ।
माझीलाई प्रशारण लाइनवाट तल आउन र माग सम्वोधन गर्ने सम्वन्धमा पालिकाका उपाध्यक्षसँग कुराकानी भएको जानकारी दिई सम्झाउँदा समेत माझी टावरबाट उत्रिन मानेका छैनन् । माझीलाई हाइटेन्सन लाइनको टावरबाट झार्नका लागि प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।





























प्रतिक्रिया