हाइटेन्सन लाइनको पोलमा चढेका मोरङ बुढीगंगाका दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।
बाटो निर्माणका क्रममा भएको अनियमितता छानविन हुनुपर्ने भन्दै बिजुलीको हाईटेन्सन पोलमा चढेका माझी स्थानीय जनप्रतिनिधिले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसंगै ११ घण्टापछि सकुशल तल ओर्लिएका हुन् ।
अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिले उनका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसंगै मागबारे छलफल सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले भनिन्, ‘अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । हामी अहिले उनले उठाएका मागका विषयमा छलफल गरिरहेका छौं ।’
‘उहाँको माग नै अध्यक्ष र प्रशासकिय अधिकृत नआएसम्म ओर्लिन्न भन्ने थियो । उहाँहरु पुग्ने साथ उहाँ तल झर्नु भयो ।’ उनले भनिन्, ‘उहाँलाई, इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।’
दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलमा उनी १० घण्टा बसेका थिए ।































प्रतिक्रिया