कैलालीको धनगढीस्थित उत्तरबेहडीको दक्षिणकाली मार्गमा रहेको पीपी ट्रेडर्समा शनिबार राति आगलागी भएको छ।
विद्युत्को तार सर्ट भएर आगलागी भएको कैलाली प्रहरीले बताएको छ। आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ।आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे छ।





























प्रतिक्रिया