‘एक घरः एक स्काउट’ को अवधारणा ल्याए जवाफदेही युवा उत्पादन गर्न सकिन्छः मन्त्री लिम्बू

‘एक घरः एक स्काउट’ को अवधारणा ल्याए जवाफदेही युवा उत्पादन गर्न सकिन्छः मन्त्री लिम्बू

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउटले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् राखेपका सचिव सूर्यप्रसाद गौतमलाई दीक्षित गरेको छ । आइतबार प्रधान कार्यालयमा दीक्षन्त समारोह गर्दै स्काउटले मन्त्री लिम्बू र गौतमलाई सम्मान गरेको हो । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले दीक्षित हुन पाउँदा आफुले गैरवान्भित् महशुस गरिरहेको बताए । नेपाल स्काउटका संरक्षक समेत रहेका मन्त्री लिम्बूले ‘एक घरः एक स्काउट’ को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारे ।  

नेपाल स्काउटलाई तल्लो तहसम्म पुर्याउन सके युवाहरुलाई विकासको मूलधारमा जोड्न सकिने मन्त्री लिम्बूको विश्वास थियो । त्यसका लागि नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो । नेपाल स्काउट अन्तर्राष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने मन्त्री लिम्बूको आश्वाशन थियो । 

 

Skip This
Skip This
Logo