सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।
रुपनी गाउँपालिका -१, रायपुरस्थित रुपनी राजविराज सडकखण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका -२ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो । तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया