आज २०८० जेठ १९ गते शुक्रबार। ०२ जुन २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला। शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।





























प्रतिक्रिया