लमजुङ कारागारबाट फरार दुबै जना पक्राउ

लमजुङ कारागारबाट फरार दुबै जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन्।

फरार मध्येका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा-४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो। 

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा-३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा-१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए। दुबैलाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ। 

बेसीशहर नपा-८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए। कारगारमा हाल ८८ जना कैदिबन्दी छन्। जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन्।

Logo