सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै फेला पर्न सकेका छैनन्।
शुक्रबार बिहान ११ बजे सिटीईभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्वरको जीप सुनकोशीमा खसेको थियो। जीपमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी,योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल सवार थिए।
जीप चालक ३१ वर्षीय कृष्ण चौधरी भने पौडिएर बाहिर निश्केका थिए। घाइते उनको अस्पतालमा उपचार भइरहको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले बेपत्ता मध्ये कोही फेला नपरेको र खोजी कार्य जारी रहेको बताए। उनले भने,‘शुक्रबार अचानक सुनकोशी जीप खस्यो। जीपमा सवारमध्ये तीन जना बेपत्ता छन्। उनीहरुको खोजीमा प्रहरी हिजोदेखि जुटेको छ। तर, अझै फेला पर्न सकेको छैन।’
प्रहरीका अनुसार उनीहरुको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ३५ सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्। खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर शुक्रबारदेखि नै घटनास्थलमा खटिएका छन्।





























प्रतिक्रिया