आज २०८० जेठ २१ गते आइतबार। ०४ जुन २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आफन्तसँग मनमुटाव बढ्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रोकिएका काम पुनः सुरु हुन सक्छन्। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
शुभारम्भको चर्चा चल्नेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। छोटो यात्राको अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सोचेका काममा बिलम्ब हुनेछ। आम्दानीका मार्गमा अवरोध आउने छ। पारिवारिक समस्यामा बढ्नसक्छ अत: ध्यान दिनुपर्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला। पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला। छोटो यात्रा पनि हुन सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ। आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। चिताएको कामले तीव्रता लिनेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।





























प्रतिक्रिया