मौलिक बाजाहरुको संरक्षण गर्न ठाकुरबाबा नगरपालिकाद्वारा विद्यार्थीलाई प्रशिक्षण

मौलिक बाजाहरुको संरक्षण गर्न ठाकुरबाबा नगरपालिकाद्वारा विद्यार्थीलाई प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

बर्दियाका ठाकुरबाबा नगरपालिकाले मौलिक बाजाहरुको संरक्षण गर्दै संस्कृतिको जगेर्ना गर्ने कार्यमा विद्यार्थीहरुलाई सहभागी गराएको छ। नगरपालिकाकाले सञ्चालन गरेको तालिममा विद्यार्थीहरु अहले पञ्चेबाजा लगायतका बाजा बजाउने तालिम लिदै आएका छन् । 

ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको तालिममा कक्षा ७ ,८, ९ र १० मा अध्ययनरत ४ वटा विद्यालयका १४ विद्यार्थी सहभागी रहेका छन्। जसमा चार जना छात्रा र १० जना छात्र सहभागी भएका छन्। पढाईको लागि असर नपर्ने गरी बिहान र साँझको समयमा उनीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ। 
 
आधारभूत पञ्चेबाजा तालिममा विद्यार्थीहरुले राष्ट्रिय धुन, मंगल धुन, ख्याली भाका र झ्याउरे भाका बजाउन सक्ने भएको संस्कृतिकर्मी खगेन्द्र नेपालले बताए।  आजकाल पूजाआजा, विवाह लगायत शुभ कार्यमा पश्चिमा बाजा बज्ने गरेको भन्दै उनले भने ‘यसलाई विस्थापित गर्न लोकबाजाको संरक्षण गर्न आवश्यक भएकोले बालबालिकालाई तालिम दिइएको हो। उनीहरु व्यवसायिक रुपमा पनि बाजा बजाउने कार्यमा अगाडि बढ्न सक्ने छन्। ’ 
 

Logo