काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिनदेखि प्रदर्शन गरिरहेको जानकारी दिए । उनले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।
व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने माग राख्दै आएका छन् । लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने उनीहरुको तर्क छ ।































प्रतिक्रिया