आज २०८० जेठ २६ गते शुक्रबार। ०९ जुन २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ समाचार सुन्न पाइनेछ। रमणीय र सुखद् यात्राको योग छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ समाचार पाइनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तसँग भेटघाट हुनेछ । बहुप्रतिक्षित काम प्रारम्भ हुने समय छ। पुँजीबजार/शेयर बजारको लगानीले पनि गति लिनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। साँझमा शुभ समाचार मिल्नेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ। शुभकार्यको चर्चा चल्नेछ।धर्म कर्म, परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ। प्राविधिक कामबाट भने राम्रो हुनेछ। सत्कर्म गरे अवश्य सफलता मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आकस्मिक धन लाभ पनि हुनेछ।































प्रतिक्रिया