देशले गाँजालाई चिन्न नसकेको भन्दै आत्मनिर्भर नेपालले थाल्यो विशेष अभियान

देशले गाँजालाई चिन्न नसकेको भन्दै आत्मनिर्भर नेपालले थाल्यो विशेष अभियान

केन्द्रबिन्दु
0
Shares

आत्मनिर्भर नेपालले यो देशले गाँजालाई चिन्न नसकेको भन्दै गाँजा नियमन अभियान सञ्चालन थालेको छ । 

शनिबार काठमाडौंस्थित माईतीघरमा आत्मनिर्भर नेपालले नारालाई कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले गाँजा नियमन अभियान सञ्चालन गरेको हो । गाँजाले हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आत्मनिर्भर नेपाल अभियानका अभियन्ता भीम उपाध्यायले गाँजालाई चिनेर यसको व्यवसाय र संरक्षण गर्न आवश्यक भएको बताए । 

उनले  भने, ‘हरेक क्षेत्रमा गाँजाको कुनै न कुनै भूूमिका निर्वाह गरिरहेको हुन्छ । हामीले उद्योग व्यवसाय गर्दा ,व्यापार गरौं,खेती गरौं ,ल्याव खडा गरौं वा निर्यात आयात गरौं, यसको सुरक्षा गरौं र कानून बनाऔं, यसको गलत व्याख्या मात्र भएको छ । तर यसको सकारात्मक पक्ष धेरै छ । गाँजालाई चिन्न आवश्यक छ । यसको धेरै भन्दा धेरै फाईदा छ ।’ 

अभियन्ता उपाध्यायले गाँजाले पर्यटन,रोजगारी,आर्थिक लाभमा महत्वपूर्ण भूमिका निभाउने बताए । 

Logo