तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ २८ गते आइतबार। ११ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ। घरमा अतिथिको आगमन हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुने छैन।  सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
स्वादिष्ट भोजन पाइनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमणीय र सुखद् यात्राको योग छ। नयाँ कामको थालनी हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्राविधिक कार्यमा मन पनि जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शेयर बजारमा विशेष लाभ मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला,तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। प्रेममा मधुरता छाउनेछ। आत्मबल पनि बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कीर्तिमानी काम गर्ने समय छ। चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज कार्यमा बाधा आउनेछ। सरकारी निकायको भय रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। यात्रामा मालसामान हराउन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेममा सफलता पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

Skip This
Skip This
Logo