स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको कार दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय प्युठानकाका अनुसार लु १ च ६३४५ नम्बर को ८ जना सवार कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। 

दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । 

तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई  करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको बताइएको छ ।गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो ।

Logo