हराएका २२ वटा दुईपाङग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

हराएका २२ वटा दुईपाङग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

विभिन्न मितिमा हराएका २२ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १५ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गरेका हुन् । 

योसँगै चालु आर्थिक वर्षमा ४ सय ६५ ओटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनिलाई जिम्मा लगाइसकेको छ भने ३० ओटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका कपन, गौशाला, सातदोबाटो, नयाँबसपार्क, सुकेधारा, कोटेश्वर, बालाजु, सोह्रखुट्टे, चोभार, चापागाउँ लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनेर सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएकाे छ । 

Logo