वन फडानी रोक्न मुगुका भेडीगोठालालाई सोलार वितरण

वन फडानी रोक्न मुगुका भेडीगोठालालाई सोलार वितरण

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मुगु भेडा बाख्रापालनका लागि उपयुक्त स्थान भएको हुँदा भेडी गोठ बनाउने र दाउराको प्रयोग गर्नेहरु पनि बढ्न थालेका छन्। गोठ बनाउन र दाउराको प्रयोग बढ्दा वन जंगल मासिने क्रम  पनि तीब्र बनेको छ। 

वनजंगलको विनास हुने क्रम तीब्र बनेपछि जलवायु परिवर्तनका साथै वातावरण थप असर पार्ने हुँदा सरोकारवाला सरकारी निकाय सचेत बनेका छन्। जिल्लास्थित पशु अस्पताल र पशु सेवा कार्यालय मुगुले भेडा बाख्रापालक किसानलाई सोलार र त्रिपाल वितरण गरेको हो। जस्को कारण वन जंगल मास्ने क्रम रोकिएको छ। 

मुगुको भेडा बाख्रापालनको पकेट क्षेत्र मानिएको शोभा, बाम, मुन्दु कोटीला, पिना, लमेरा कोटीला, सेरी, सोरुकोट, तुम मुर्मा, माग्री मह,पुुलु चितै लगायतका दर्जनौ स्थानमा भेडा बाख्रा पाल्दै आएका सयौँ घर परिवारको आम्दानीको मुख्य स्रोत नै यही हो। भेडा बाख्रापालक किसान छिरिङ्ग लामा आफुहरुको व्यवसायतर्फ सरकारको पनि ध्यान तानिएको बताउँछन्। 

उनले भने ‘समय अनुसार भेडीगोठहरु सार्नु पर्ने हुन्छ ,एकै स्थानमा भेडा बाख्रालाई राख्न पालन पोषण गर्न समस्या हुने हुँदा जहाँपुग्यो सोही स्थानमा गोठ बनाउनुपर्ने हुन्छ, गोठ बनाउँदा बनको काठ बढी प्रयोग हुने, राति उज्यालो बनाउन पनि काठ दाउराको प्रयोग नै गर्नुपर्ने हुँदा वन जंगलको विनाश तीब्र बनेको थियो।’ 

लामाले पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले एक सेट सोलर,त्रिपाल,रेनीकोट,भेडाको उन काट्ने कैंची,निशुल्क उपलब्ध गराउँदा भेडा बाख्रापालक किसान सबै हर्षित भएको बताए। पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढनले भेडी तथा बाख्रापालक किसानहरुको घुम्ती गोठले वन जंगल विनाश तीब्र बनाएको बताए। 

वर्खामा पानीबाट ओत्त लाग्न बनाउने गोठ र अन्य बेलामा बनाउने गोठ फरक फरक हुँदा ठूलो मात्रामा वन फडाँनी भएकोले किसानहरुलाई किसान प्रवर्द्धन कार्यक्रमबाट १२ लाख रकम बराबरको सामग्री उपलब्ध गराइएको बताए।

 परम्परागत रुपमा भेडा बाख्रा पालन गर्दै आई रहेका कृषकहरुलाई अनुदान रकम सहयोग गरी आधुुिनक तालिम समेत उपलब्ध गराए उनीहरुको मात्र नभइ देशको आर्थिक परिवर्तनमा पनि सहयोग पुग्ने पक्का देखिन्छ।

Skip This
Skip This
Logo