मन्त्री सिंह सवार गाडी दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत् उद्धार

मन्त्री सिंह सवार गाडी दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत् उद्धार

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो । गम्भिर घाइते मन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।  

Logo