बागलुङमा जीप दुर्घटना भएको छ। जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु छ ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको थियाे।





























प्रतिक्रिया