बारपाकका तेल बहादुर घलेले नेपाली सेनाले सडक बनाउने क्रममा आफ्नो उठिबास लागेको गुनासो गरेका छन् । विगत १ महिनादेखि माइतीघरमा धर्नामा बसेका घलेले बाटो बनाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरेर सेनाले आफ्नो उठिबास लगाएपनि उचित क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् ।
जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर भएका ६६ वर्षे घलेको होटल २०७५/०६/१४ गते सेनाको विस्फोटबाट भत्किएको उनको भनाई छ ।
गोरखा जिल्ला प्रशासन, अदालत सबै ठाउँमा जादाँ पनि सुनुवाई नभएको बताएका उनले सरकारले कुनै हालतमा आफूलाई क्षतिपूर्ति दिनु पर्ने बताए ।उनले भने, ‘मेरो गरेर खाने भनेको नै यही होटल थियो । मर्मत गर्न पनि पाएको छैन् । म गोरखा जिल्ला प्रशासनमा गए निवेदन लिएन, अदालत पनि गए केही भएन, क्षतीपूर्ती पाउनु पर्छ भनेर म यहाँ आएको हो । सरकारको मान्छेको गल्ती छ त्यही भएर सरकारले मलाई हेर्नुपर्छ ।’
आफूले दुखले बनाएको घर सेनाले लापरवाहीपूर्ण ढंगले भत्काईदिएको उनको आरोप छ । ‘मनास्लु हिमाल जाने बाटोमा विदेशीहरु बस्नको लागि एउटा गेष्ट हाउस बनाएको थियो । सेनाले रोड खोल्ने बहानामा हामी गाँउलेलाई सोझो देखेर हेपेर मेरो होटेल ध्वस्त बनाई दियो, त्यसको न्यायको लागि म यहाँ आएको हो र आज १ महिना भइसक्यो म यहाँ आएको । दशै तिहारको समय थियो, एक पटकलाई चलाउन दिनुभन्दा मलाई ज्यान मार्ने धम्की दिए ।’ उनले भने ।





























प्रतिक्रिया