ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु

ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ओखलढुङ्गामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ।  चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीमा बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ,उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए। सो घटनाको थप विवरण आउन बाँकी छ। 

Logo