बुहारीको कुटपिटबाट सासुको मृत्यु

बुहारीको कुटपिटबाट सासुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ। धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेपछि बुहारी पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय,धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन्।

प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भएपछि उनलाइ पक्राउ  गरिएकाे हाे। घरायसी बिबादमा बुहारीले सासुलाई कुटपिट गरेकाे र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ।

मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएपछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ।

Logo