वानएक्स बेटको प्रचार गर्ने थप एक युट्युबर पक्राउ

वानएक्स बेटको प्रचार गर्ने थप एक युट्युबर पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई कपनबाट पक्राउ गरेको हो। राजकुमार थापा मगरको नामबाट परिचत उनले वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ । काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय तामाङलाई युट्युबमा मोटो-ब्लगिङ गर्छन् । 

यसअघि प्रहरीले ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, राजु मास्टरलगायत ८ जनालाई पक्राउ गरिसकेको छ । 

Skip This
Skip This
Logo