गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ। दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।
रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो ।
सपुतले ‘बोल माया…’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्याइएको थियो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
Link: https://twitter.com/AnandaRamPoudel/status/1673176926910029825































प्रतिक्रिया