एटीएम तोडफोड गर्ने दुईजना पक्राउ

एटीएम तोडफोड गर्ने दुईजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन्। 

एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Skip This
Skip This
Logo