त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

Logo