भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

केन्द्रबिन्दु
0
Shares

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सञ्चालक गुरुङलाई नक्सालस्थित निवासबाटै पक्राउ गरेको हाे । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा नाम मुछिएका गुरुङविरुद्ध विशेष अदालतमा मद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ । उनले सो जग्गालाई स्टोरको रुपमा प्रयोग गरेको बताइएको छ । 

Skip This
Skip This
Logo