वैजनाथ गाउँपालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण वितरण

वैजनाथ गाउँपालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण वितरण

केन्द्रबिन्दु
0
Shares

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ।  कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो। “किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्देश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ”, उनले भने।

आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ।  पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरूप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरेको थियो। निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो।

Logo