सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।रासस

Skip This
Skip This
Logo