तिनाउ नदीले पार गर्‍यो खतराको तह, तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

तिनाउ नदीले पार गर्‍यो खतराको तह, तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ ।

शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको सूचनामा उल्लेख छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo