तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असार १७ गते आइतबार। २ जुलाई २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शैक्षिक क्षेत्र कमजोर नै रहला। अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। इच्छा शक्ति पनि बढेर जानेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक यात्रामा मन जानेछ। व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पुँजी बजारको लगानी कमजोर रहला। शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य अघि बढ्नेछ। पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ। आम्दानी बढाउने योजना गर्न सकिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
विद्या र बुद्धिको ह्रास हुनेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग पनि रहेको छ।

Logo