अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन्। रातो पुलमा रहेको निजि निवासमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन्।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। भर्याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेको उनले बताए। सारुकले ‘रानी’,‘मेरी मामु’,‘इन्टु मिन्टु लण्डन’ रानी, नमरि बाचेमा अभिनय गरेका थिए। हाल उनको "ह्यासट्याग मायामा" फिल्म छायांकन भइरहेको छ।





























प्रतिक्रिया