मुगुकाे गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ ।
छायाँनाथ रारा नगरपालिका- ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन घिमिरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए ।
उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ-ठाउँमा पहिरोले अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति बामधारा भन्ने स्थानमा सडक माथिबाट आएकाे पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हाे ।





























प्रतिक्रिया