ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरिएको हो । सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

यस प्रकरणमा यसअघि समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमानकुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन पक्राउ परेका थिए । त्यस्तै, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह, मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतम पनि पक्राउ परेका थिए ।

Logo