बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ घाइते

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए  । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी अन्य ३९ यात्रु घाइते भएका छन्  ।  घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ । अन्य घाइतेको  मेलौलीमा उपचार भइरहेको छ । 

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीको भनाइ छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Skip This
Skip This
Logo