मोटरसाइकल दुर्घटनामा शर्माको मृत्यु

मोटरसाइकल दुर्घटनामा शर्माको मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्कैँदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा अर्का एक विद्यार्थी घाइते भएका छन्।

पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो। उनी ठाकुरराम बहुमुखी क्याम्पसका छात्र हुन्।

दुर्घटनामा मोटरसाइकल चालक पोखरिया १ का करिब २३ वर्षीय अर्जुन सहनी घाइते भएका छन्। सहनीको बयोधा अस्पतालमा उपचार भइरहेको छ। स्नातक तह तेस्रो वर्षको परीक्षा सोमबारदेखि सुरु भएको हो।

सिमरा कलेजमा रहेको परीक्षा केन्द्रमा ‘बिजेनश ल’ विषयको परिक्षा दिएर शर्मा घर फर्कंदै गरेका थिए। दुर्घटनामा शर्माको निधन भएपछि वीरगन्जमा विद्यार्थीले प्रदर्शन गरेका छन्। परीक्षा केन्द्र टाढा राखिएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन्।

Skip This
Skip This
Logo