अमेरिकन डलर भनेर कागज दिएर ठग्न खोज्ने एक व्यक्ति पक्राउ

अमेरिकन डलर भनेर कागज दिएर ठग्न खोज्ने एक व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

अमेरिकन डलर भनेर कागजको बिटो दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु खोलाबाट पक्राउ गरेको हो। उनीमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकन डलर रहेको भन्दै सटही गर्नुपर्‍यो र त्यसबापत केही रकम पाउने भन्दै तारन्तार फोन गरेका थिए। त्यसपछि बम्जनले प्रहरीलाई खबर गराएका थिए।

बाहिर अमेरिकन डलर राखेरभित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली नोट प्रहरीले बरामद गरेको छ।

Logo