होन्डाले ल्यायाे १२५ सिसीको डिओ, यस्ता छन् फिचर र मूल्य

होन्डाले ल्यायाे १२५ सिसीको डिओ, यस्ता छन् फिचर र मूल्य


होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो। 

भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो। स्टान्डर्डको मूल्य भारु ८३ हजार चार सय तोकिएको छ भने स्मार्ट भेरियन्टको मूल्य भारु ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ। 

होन्डाको नयाँ डिओ १२५ मा पिजिएम एफआई इन्जिन दिइएको छ। यसको बाहिरी आवरण निकै स्पोर्टी ढंगले डिजाइन गरिएको छ। सो स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कम्वी–व्रेक सिस्टम, १७१ एमएमको ग्राउन्ड क्लिरियन्स, १८ लिटरको अन्डर सिट स्टोरेज लगायत विशेषता पाउन सकिन्छ ।

कम्पनीले यो स्कुटरमा १० वर्षको वारेन्टी दिने छ, जसमध्ये ३ वर्षको स्ट्यान्डर्ड र वाँकी ७ वर्ष अप्सनल वारेन्टी हुनेछ । डिओ १२५ ले बजारमा भएको सुजुकीको एभिनिस र यामाहा रेजेडआर १२५ सँग प्रतिस्पर्धा गर्नेछ।

Logo