आज २०८० असार ३० गते शनिबार। १५ जुलाई २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ। लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ।अतिथिका रूपमा सम्मान पाइनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज उपहार प्राप्त होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ।आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। लत्ता कपडामा आकर्षण बढ्नेछ। चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी पनि भइएला।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ। आफन्त एवं इष्टमित्रसँग भेटघाट होला। शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ,तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ।नयाँ जिम्मेवारी पाइएला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ। यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आँटेको र ताकेको कार्य पुरा होला। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। समस्या सुल्झाउन सकिनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।































प्रतिक्रिया